मिस्टर केपी ओली! खुट्टी हेर्दै चाल पाइयो: झलनाथ खनाल
काठमाडौं- नेकपाका (प्रचण्ड-माधव पक्ष) वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा दुई तिहाइ ल्याउँछु भनेको भए पनि त्यो सम्भव नभएको बताएका छन्।
बुधबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै खनालले भने- ‘केपी ओलीले अस्ति मात्रै दरबारको अगाडि उभिर महेन्द्रको शालिकतिर फर्किएर उहाँले बोल्नुभयो, अब आउने चुनाव गराएरै छाड्छु। म दुई तिहाइ ल्याएरै छाड्छौं।’
त्यसपछि खनालले सोधे- आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, केपी ओलीले चुनाव गराएर दुई तिहाइ ल्याउलान्?
ओलीले त्यति सिट ल्याउँदैनन् भन्नलाई खनालले एउटा लोककथा सुनाए।
‘एउटा भँगेराको बच्चो भुर्रर उडेर गएछ। र, बाँसको टुप्पोमा बसेछ। तलबाट त्यो बाँस मान्छेले स्वाट्ट नुगाइदिएछन्। अनि भँगेराले के ठानेछ भने, ओहो! म त धेरै नै भइसकेछु। अनि भुर्रर उडेर गएर आमालाई भनेछ- आमा, म त बाँसको टुप्पोमा बसेको थिएँ, त्यो बाँस त नुग्यो। मेरो तौल त कत्रो भइसकेछ। अनि आमाले भनिछन्- हो, बाबु, तिम्रो खुट्टी हेर्दै पत्याएँ।’
प्रतिकृया दिनुहोस्