August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

सबै निकायलाई आफ्नो कर्तव्य स्वतन्त्र र निष्पक्ष ढंगले पूरा गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय मानिसमा भ्रम रहे पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग सरकारको लाचार छायाँ नभएको बताएका छन्। आयोगको ३०औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले त्रासबाट मुक्त भएर काम गर्न आग्रह गरे।

उनले सरकार कुनै पनि निकायलाई स्वतन्त्र ढंगले काम गर्न दिन चाहने बताए। ‘सरकारले कुनै हस्तक्षप गर्दैन। सरकारको तर्फबाट कुनै हस्तक्षेप हुँदैन’, उनले भने, ‘सबै निकायहरूलाई आग्रह गर्दछु, आफ्नो कर्तव्य स्वतन्त्र र निष्पक्ष ढंगले पूरा गर्नुस्। संविधान र कानूनलाई शिरमा राखेर, देश र जनतालाई शिरमा राखेर, सुशासन र विकासका अभियानलाई सफल पार्ने उद्देश्यलाई मनमा राखेर, ध्यानमा राखेर अगाडि बढ्नुस्।’

शीर्ष समाचार

धेरै पढिएको