देशभर थपिए १६० जना कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ३०९ नमुना परीक्षणमा उपत्यकाका ७९ जनासहित १६० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ६१ र पुरुष ९९ जना रहेका छन् । आज थपिएका १६० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी २ संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका २ जनासँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०४७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्