अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्ब रुपैयाँ
- Khabar Nirantar
- २०७७ माघ २७
काठमाडौं- आउँदो वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ।
बजेटको अर्धवार्षिक समीक्षाको क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगको मागअनुसार रकम उपलब्ध गराएको बताएका हुन्।
सरकारले चालू आर्थिक वर्षको सुरुवाती विनियोजनभन्दा १ खर्ब ३० अर्ब रूपैयाँले बजेटको आकार घटाउँदै बजेटको अर्धवार्षिक समीक्षा गरेको छ।
चालू वर्षको सुरुमा १४ खर्ब ७४ अर्ब रूपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा त्यसलाई १३ खर्ब ५५ अर्ब रूपैयाँमा झारिएको छ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९
प्रतिकृया दिनुहोस्