काठमाडौं – नेपालमा आज देशैभर ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १७,३१५ पिसीआर र ९८९ ऐन्टिजेन गरी १८,३०४ नमुना परीक्षणमा ८,४१८ नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका ८,४१८ जनासँगै हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।
त्यस्तै आज ३३७० जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३३७० जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । हालसम्म निको हुनेको दर ७७.४ प्रतिशत रहेको छ ।
आज देशैभरी ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ५३ जनासँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३६३२ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी सक्रिय संक्रमित ८३ हजार ४९३ रहेका छन् भने देशैभरीका क्वारेन्टिनमा ३९८ जना रहेका छन् ।